Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

संसदीय सुनुवाई बिषेश समितिको पहिलो बैठक सिंहदरबारमा शुरु- Brighter Khabar


काठमाडौँ -  संसदीय सुनुवाई बिषेश समितिको पहिलो बैठक सिंहदरबारमा शुरु भएको छ । समितिका जेष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा बैठक सुरु भएको हो ।

बैठकलाई सभामुख देबराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्बोधन गरेका  छन्  ।

सभामुख घिमिरेले समितिमा अनुभव प्राप्त सदस्यहरु रहेका कारण यसले आफ्नो जिम्बेवारी कुशलतापूर्वक निर्वाह गर्ने बिश्वास ब्यक्त गरे । प्रधानन्यायधीश नियुक्ती लगायतका कामहरुको सुनुवाई छिटो गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई थियो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्बैधानिक परिषदबाट आउने कतिपय सिफारिसलाई पनि गहन छलफल गरेर समितिले सच्याउन सक्ने गरि समितिले काम गर्ने बिश्वास ब्यक्त गरे ।

उनले सिफारिस भएर आएका ब्यक्तिका बारेमा समितिमा नागरिकबाट आएका गुनासोलाई गम्भीरतापूर्वक लिन र दलको निर्देशन भन्दा पनि आफुँले स्वतन्त्रपुर्वक निर्णय गर्न समितिलाई आग्रह गरेका थिए ।

Top Post Ad

post bottom ads

Ads Bottom