Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गृहमन्त्री श्रेष्ठ र एमसीसी का उपाध्यक्ष बु्रक्सबीच भेटवार्ता - Brighter Khabar


काठमाडौं, वैशाख ६ गते । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष जोनाथन बु्रक्सबीच भेटवार्ता भएको छ। 

नेपाल भ्रमणको क्रममा रहेका एमसीसी उपाध्यक्ष बु्रक्स नेतृत्वको टोलीले शनिबार सिंहदरबारस्थित गृह मन्त्रालयका पुगेर उपप्रधानमन्त्री श्रेष्ठसँग शिष्टाचार भेट गरेको हो । 

भेटमा बु्रक्सले एमसीसी परियोजनाका लागि आवश्यक जग्गा प्राप्ति, सुरक्षा र समन्वयनको काममा गृह मन्त्रालयको तर्फबाट सहयोग उपलब्ध गराउन आग्रह गरेका थिए  । 

उपप्रधानमन्त्री श्रेष्ठले सो परियोजनालाई समयमै सम्पन्न हुनेगरी अघि बढाउनका लागि गृह मन्त्रालय र मातहतका प्रशासनिक निकायको आवश्यक सहयोग हुने बताएका थिए  । 

उपप्रधानमन्त्री श्रेष्ठले एमसीसी परियोजनालाई समयमै सम्पन्न गर्नका लागि गृह मन्त्रालयको तर्फबाट पर्याप्त र आवश्यक सहयोग हुने कुरा सो परियोजनाको प्रतिनिधिमण्डललाई बताएको  भेटमा सहभागी गृहसचिव गोविन्द भट्टराईले जानकारी दिएका छन्  । 

स्रोतका अनुसार भेटमा उपाध्यक्ष बु्रक्ससहितको टोलीले उपप्रधानमन्त्री श्रेष्ठसँग परियोजनाका बारेमा सामान्य ब्रिफिङसमेत गरेको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom