Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

झिटीगुन्टा नियमावली संशोधनको तयारी , यो सँगै विदेशबाट आउनेले थप एउटा मोबाइल ल्याउन पाउने - Brighter Khabar


काठमाडौं- सरकारले विदेशबाट आउँदा थप एउटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेको छ । त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले झिटीगुन्टा नियमावली संशोधन गरेर वैदेशिक रोजगारीमा गएका नेपालीलाई मोबाइल ल्याउने बाटो खोल्ने निर्णय गरेको हो । 

बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नियमावली संशोधन गर्ने निर्णय भएको बताउनुभयो । 

एमडीएमएस प्रणाली लागू गर्ने र वैदेशिक रोजगारीमा जानेले थप एउटा मोबाइल ल्याउन पाउने गरी निर्णय भएको स्रोतले जनाएक छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवश्यक तयारी गरी लागू गर्ने निर्णय सरकारले गरेको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom