Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा लागू औषध सहित तिन जना पक्राउ - Brighter Khabar


पोखरा-  पोखरामा लागू औषध सहित तिन जना पक्राउ परेका छन् । 

रामबजार कास्की र लागू औषध नियन्त्रण ब्युरो पोखराबाट खटिएको प्रहरी   टोलीले तिन जनालाई लागू औषध सहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका . १० बुद्ध चोक स्थित स्याङ्जा जिल्ला  भिरकोट नगरपालिका वडा नम्बर  ३ स्थायी घर भई हाल  पोखरा - १० बुद्ध चोक बस्ने  ३२ वर्षीय  अनिल खत्री, पोखरा - ८ सृजना चोक बस्ने  २७ वर्षीय  सुवास काफ्ले र पोखरा -. १० अम्मरसिंहचोक बस्ने ३२ वर्षीय  सुदिप गुरुङ लागु औषध सहित पक्राउ परेका हुन् ।

उनीहरूको  साथबाट लागू औषध डाईजापाम २८ एम्पुल, नुर्फिन २७ एम्पुल र फेनेरागन २८ एम्पुल गरी जम्मा ८३ एम्पुल लागू औषध फेला परेको कास्की प्रहरीले जनाएको छ  ।

प्रहरीका अनुसार पक्राउ परेका उनीहरू माथि लागू औषध सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom