Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको ज्यान गयो - Brighter Khabar

सांकेतिक तस्विर 

पाल्पा - मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।  

हिजो शुक्रबार दिउसो पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर  ३ स्थित  खाँदर बस्ने ५४ वर्षीया उमावती गाहाको  करेन्ट लागेर मृत्यु भएको हो ।

 मोबाइल चार्ज गर्ने क्रममा अपरान्हको साढे ४ बजेको समयमा  उनलाई अचानक करेन्ट लागेको स्थानीयले बताएका छन्  ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवं  प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार  करेन्ट लागेर गम्भीर घाइते भएकी  उमावतीको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको हो  ।

Top Post Ad

post bottom ads

Ads Bottom