शारदा नहरमा गाडी खस्दा डुबेर पाँचजनाको मृत्यु भएको छ ।
गत शुक्रबार राति सिमावर्ति भारतीय बजार नगराका व्यापारी मोहन धामीले चलाइरहेको कार शारदा नहरमा खसेपछि कारमा सवार पाँचैजनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
आफ्नो घरमा पाहुना आएकी आफन्त महिला र महिलासँगै आएका तीन बालिबालिकालाई पुर्याउन आफैले कार चलाएर लैजाँदै गर्दा कार दुर्घटनामा परेको खबर प्राप्त भएको छ ।
पछिल्लो केहि समय यता शारदा नहरमा बनेको लोहियाहेड पावर हाउस आसपासमा दुर्घटना हुने क्रम बढिरहेको छ ।