Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

यी हुन् नक्कली शरणार्थी प्रकरणमा १४ फरार अभियुक्त -Brighter Khabar

सांकेतिक तस्विर 


नक्कली शरणार्थी  प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका सचिव (निलम्बित) टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

अनुसन्धान प्रतिवेदनका अनुसार  प्रतिक थापा, केशव तुलाधर, हरिभक्त महर्जन, राजेश अर्याल, लक्ष्मी महर्जन, धिरेन राई, मोहनराज राई, नीरज राई, सुनिता बुढाथोकी, विनीता लिम्बु, दीपा हुमागाईँ, निरञ्जन बहादुर खरेल, आशीष बुढाथोकी र अशोक पौडेल फरार रहेको  उल्लेख छ । फरारमध्ये अशोक पौडेल अमेरिकामा रहेको प्रहरीको दाबी छ ।

यसैगरी, संविधान सभा सदस्य आङ्टावा शेर्पा, नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, भुटानी अधिकारकर्मी नेता टेकनाथ रिजाललाई  हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । यसै गरी तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राई, सानु भण्डारी, केशव दुलाल, टङ्क गुरुङ, सन्दीप शर्मा, नरेन्द्र केसी, सागर राई र सन्देश शर्मामाथि अनुसन्धान भइरहेको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom