Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखराको आकाशमा आइपुगेको बुद्ध एअरको जहाज पुन काठमाडौं फर्कियो - Brighter Khabar


पोखरा, ६ जेठ । आज साँझ ५ बजे काठमाडौंबाट पोखरा उडेको बुद्ध एअरको जहाज पोखरा नजिकै आइपुगेपछि पुन काठमाडौं फर्किएको छ ।

 बुद्धको उडान नम्बर बीएचए ६५९ विमान प्रतिकूल मौसमका कारण पोखरा नजिक आएर पनि  फेरी काठमाडौं फर्किएको हो  । 

विमान पोखरा नजिकै पुग्दा मौसम एक्कासी प्रतिकूल बनेको बताइएको छ  । 

पोखरा विमानस्थलमा अवतरणको सम्भावना नरहेपछि पोखराको आकाशमाथि पुगेर फर्केको बुद्धको विमान काठमाडौंमा साँझ साढे ६ बजे अवतरण गरेको बताइएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom