Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नक्कली शरणार्थी प्रकरण : ३० जना प्रतिवादीविरुद्ध अभियोग पत्र दर्ता - Brighter Khabar


काठमाडौं, जेठ १० गते ।  बुधबार सरकारी वकिल कार्यालयले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाइ अमेरिका लैजाने ठगी प्रकरणमा ३० जना प्रतिवादीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा अभियोग पत्र दर्ता गराएको छ ।  

अहिलेसम्म पक्राउ परेका र किटानी जाहेर भएकाविरुद्ध मुद्दा दर्ता भएको  काठमाडौं प्रहरी प्रमुख  प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले बताउनु भएको छ  ।  

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाण, पूर्व सभासद आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत ३० जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो।

 तथ्य तथा प्रमाण भेटिएका र भविष्यमा थप अनुसन्धानबाट तथ्य प्राप्त भएमा मुद्दा चलाउनेगरी केही व्यक्तिको नाम पनि उल्लेख गरिएको छ। प्रहरीले तयार पारेको प्रतिवेदन आरोपित पक्राउ परेको ६० औं दिनमा मुद्दा दर्ता गरेको हो। 

उनीहरुविरुद्ध ठगी, सरकारी कागजात किर्ते, राष्ट्रहित विरुद्धको कसुर र संगठित अपराध मुद्दामा कारबाही गर्न माग गरिएको हो। 


Top Post Ad

post bottom ads

Ads Bottom