Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

झाडा पखालाले एक व्यक्तिको मृत्यु, गाउँका थप एक सय ४८ जना पखालाबाट प्रभावित - Brighter Khabar

 

डडेलधुरामा झाडा पखालाले एक व्यक्तिको मृत्यु भएको छ । 

 पशुराम नगरपालिका–८ गुप्तगडा गाउँमा झन्डै एक हप्तादेखि फैलिएको पखालाले सिकिस्त बिरामी भएकी गुप्तगडा गाउँकी १४ वर्षीया सङ्गीता धामीको उपचारका क्रममा मृत्यु भएको हो ।

उक्त गाउँका थप एक सय ४८ जना पखालाबाट प्रभावित भएका छन् । स्वास्थ्य निर्देशनालय दिपायलले १० महिनादेखि ९० वर्ष उमेरसम्मका बासिन्दा यो रोगले प्रभावित भएको जनाएको छ । 

पशुराम नगरपालिकास्थित जोगबुढा अस्पतालका सूचना अधिकारी प्रकाश घिमिरेका अनुसार  गुप्तगडा गाउँका पखालाबाट पीडित आठ बिरामी उपचारका लागि अस्पताल भर्ना भएको छन्  ।

खानेपानीको मुहान प्रदूषित भएका कारण पखालाको समस्या देखिएको जनाइएको छ । पखाला फैलिएसी मात्रै  जनचेतना अभिवृद्धि गर्न स्वास्थ्यकर्मीको टोली प्रभावित गाउँमा परिचालन गरिएको स्थानीय निकायले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom