वैशाख ३१,
काठमाडौँ महानगरपालिका का मेयर बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत भ्रष्ट्राचार विरुद्धको आजको आन्दोलनलाई नाटकको संज्ञा दिँदै आँफुले त्यस्तामा विश्वास नगर्ने समेत बताएका छन् ।
बालेनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै यस्ता सडक नाटक धेरै भएको र आँफुले त्यस्तो नपत्याउने प्रतिक्रिया दिएका हुन् ।
''यस्तो सडक नाटक धेरै देखी सक्यो हाम्ले । पत्याउँदिन म चाही । '' उनले भनेका छन् ।
साथै उनले भ्रष्टाचारीलाई सिधै लगेर बागमतीमा चोबल्नु पर्ने प्रतिक्रिया दिएका छन् ।
''तपाईँहरूले यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो ।'' बालेनले भनेका छन् ।