Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

होटलमा तास खेलिरहेको अवस्थामा प्रहरीको छापा, नगद सहित नौ जना पक्राउ - Brighter Khabar


 पाँचथरको सदरमुकाम फिदिम बजारस्थित याङनाम होटलबाट प्रहरीले तास खेलिरहेको अवस्थामा नौजनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुको साथबाट ५७ हजार  नगद र तीन बुङ तास बरामद गरेको जिल्ला प्र्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिनुभयो ।

उनीहरुलाई आज अपरान्ह तास खेलिरहेको अवस्थामा छापा मारेर पक्राउ गरेको कुँवरको भनाइ छ ।

 प्रहरीले अनुसन्धान प्रक्रियामा प्रभाव पर्नसक्ने भन्दै पक्राउ परेकाहरुको नाम सार्वजनिक गरेको छैन ।

पक्राउ परेका नौजनाकै स्वास्थ्य परीक्षण गरेर अनुसन्धान शुरु गरेको पनि प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom