Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा बिभिन्न अभियोग लागेका १९ जना कैदीलाई आम माफी - Brighter Khabar


राष्ट्रपति  रामचन्द्र पौडेलबाट १९ जना कैदीलाई आम माफी भएको खबर छ । 

भोलि २०८० साल जेठ १५ गते गणतन्त्र दिवसको अवसर भन्दै राष्ट्रपति कार्यालयले विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम बिभिन्न अभियोगमा  कैदी जीवन बिताइरहेका  १९ जना व्यक्तिहरूको कैद सजाय मिनाहा  गरेको हो ।

नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 विज्ञप्तिमा भनिएको छ: ''राष्ट्रपति  ज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०२/१२ र २०८०/०२/१४ का बैठकका सिफारिस अनुसार टोपबहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ, ।''


Top Post Ad

post bottom ads

Ads Bottom