Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नागरिकता विधेयकमा राष्ट्रपति पौडेलको कदम संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध ; रवी लामिछाने - Brighter Khabar


काठमाडौं-  स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवी लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भएको  नागरिकता विधेयक प्रमाणीकरणलाई लोकतान्त्रित संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध भएको बताएका छन्  ।

लामिछानेले नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ राष्ट्रपतिद्वारा  विधेयक प्रमाणीकरण गरिनु राष्ट्रहितविरूद्ध भएको बताएका हुन् ।

उनले सामाजिक सञ्जाल मार्फत आफ्नो भनाई राख्दै उक्त कुरा बताएका हुन्  ।

''नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पूरा नै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरित , लोकतान्त्रित संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध छ ।'' उनले भनेका छन् ।

बुधबार राष्ट्रपति पौडेलले अघिल्लो सङ्घीय संसदबाट पारित  नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गरेका थिए ।

उक्त  नागरिकता विधेयक वि.सं. २०७९ साउन १६ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको भएपनि आठ बुँदाको सरोकार उल्लेख गरेर संसद्लाई फिर्ता आएको थियो ।


Top Post Ad

post bottom ads

Ads Bottom