Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भार'तले महाकाली नदी नेपाल तर्फ डाइभर्ट गरेपछि ढुङ्गा हा'ना'हा'न - Brighter Khabar

नेपाल र भारतका स्थानीयहरू बिच ढुङ्गा हानाहान भएको छ। भारतले  महाकाली नदी नेपाल तर्फ डाइभर्ट गरेर तटबन्ध निर्माण गर्न   खोज्दा नेपाल र भारतका स्थानीयहरू बिच ढुङ्गा हानाहान भएको हो ।

नदीको डाइभर्सन हटाउने भनेर  दुई देशका प्रशासनिक अधिकारी बिच सहमति भए पनि उक्त सहमतिलाई  भारतीय पक्षले मिच्न खोज्दा समस्या उत्पन्न भएको हो। महाकाली न.पा ४ को बाङ्गा बगर छेत्रका बासिन्दाले समय समयमा महाकाली नदी डाइभर्ट नगर्न भनी विरोध गर्न थाले पछि भारतीय पक्षले ढुङ्गा हानेको स्थानीयले बताएका छन् ।

बाङ्गा बगर छेत्र बाढी को उच्च जोखिममा पर्ने भन्दै बाङ्गा बगर छेत्रका बासिन्दाले समय समयमा महाकाली नदी डाइभर्ट नगर्न भनी बारम्बार सम्बन्धित निकायलाई अवगत गराउने  काम गरे पनि उक्त समस्यामा कुनै पक्षबाट समाधानको उपाय नखोज्दा  यहाँका स्थानीय त्रासपूर्ण वातावरणमा बसिरहनुपरेको छ ।

गएको  भदौ २४ गते महाकाली नदीमा आएको बढी ले बाङ्गा बगर छेत्रको बस्ती र तटबन्धमा ठुलो क्षति  पुर्‍याएको थियो भने सो छेत्रमा अहिलेसम्म तटबन्ध निर्माण तथा मर्मत समेत भएको छैन ।

Top Post Ad

post bottom ads

Ads Bottom