Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नेपाल एसीसी प्रिमियर कप च्याम्पियन बन्न सफल- Brighter Khabar


काठमाडौं, वैशाख १९ गते । गुलशन झाले अर्धशतकीय इनिङ्स खेलेपछि नेपाल एसीसी प्रिमियर कप च्याम्पियन बनेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले हराउँदै नेपाल च्याम्पियन बनेको हो । 

यससँगै नेपाल आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा छनोट भएको छ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ ।

१० टोली सहभागी यस प्रतियोगिताको शीर्ष तीनमा परेसँगै नेपाल, युएई र ओमानले एसीसी इमर्जिङ टिम्स एसिया कपको यात्रा पनि सुनिश्चित गरेका छन् । 

जितका लागि युएईले दिएको एक सय १८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ३०.३ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । नेपालको जितमा गुलशन झाले अर्धशतकीय इनिङ्स खेल्नुभयो ।

उहाँले ८४ बलमा तीन चौका र ६ छक्काको सहयोगमा अविजित ६७ रन बनाउनुभएको हो । गुलशनको यो एक दिवसीय खेल जीवनको दोस्रो अर्धशतक हो । भीम सार्कीले अविजित ३६ रन बनाउनुभयो । भिमले ७२ बलमा चार चौकाको सहयोगमा उक्त रन जोड्नुभएको हो । 

यसअघि नेपालले ओपनर कुशल भुर्तेललाई एक र आशिफ शेखलाई आठ रनमा गुमाएको थियो । कप्तान रोहित पौडेल पनि एक रनमा पेभेलियन फर्किनु भएको थियो । बलिङमा युएईका रोहन मुस्तफाले दुई विकेट लिनुभयो । आयन अफ्जल खानले एक विकेट लिनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom