Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

न्युराे टिप्न गएका श्रीमान श्रीमतीको नदीमा डुबेर ज्यान गयो - Brighter Khabar

सांकेतिक तस्विर 


चितवन, १ जेष्ठ ।  न्युराे टिप्न गएका श्रीमान श्रीमतीको नदीमा डुबेर ज्यान गएको छ ।

नवलपरासी पूर्व स्थित नन्दपुर भन्ने स्थानमा न्युराे टिप्न गएका श्रीमान श्रीमतीको नारायणी नदीमा डुबेर ज्यान गएकाे हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा न्युरो टिप्न गएका   कोल्हुवाका अन्दाजी ५५ वर्षीय सोमबहादुर बोटे र अन्दाजी ५० वर्षीया बगरी बोटेको मध्यबिन्दु नगरपालिका–२, नन्दपुर स्थित नारायणी नदीमा डुबेर  ज्यान गएकाे हाे । 

प्रहरी  घटनास्थल पुग्दा  श्रीमान श्रीमती समेत रहका उनीहरूलाई  नारायणी नदीले बगाइसकेको थियो ।

 गएराती अबेर मात्रै उनीहरूको शव फेला परेको थियो।

Top Post Ad

post bottom ads

Ads Bottom