Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मेरिगोल्डमा अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न - Brighter Khabar


पोखरा, २५ जेष्ठ  
पोखरा महानगरपालिका वडा नम्बर १५ नयाँ गाउँमा अवस्थित मेरिगोल्ड अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयमा अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयले आफ्नो वार्षिक कार्य तालिका अनुसार शुक्रवार आधारभूत तहको अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न गरेको हो ।
रातो , निलो , पहेँलो र हरियो गरी ४ वटा सदनको सहभागिता रहेको कार्यक्रममा हरियो सदनले प्रथम स्थान र पहेँलो सदनले द्वितीय स्थान प्राप्त गरेका छन्  ।

प्रथम स्थान प्राप्त गर्ने हरूमा हरियो सदनबाट कक्षा  ८ की  बन्सिका गुरुङ  , कक्षा ७ का  आयुष गुरुङ साथै कक्षा ६ बाट  आयुष गुरुङ  र  सलिना गुरुङ  रहेका छन्  ।

त्यस्तै द्वितीय स्थान प्राप्त गर्नेहरूमा पहेँलो सदनबाट कक्षा ८ का  रोशनी सुनार र  बिनम थापा , कक्षा ६ बाट एड्रिन गाहा  र कक्षा ७ की  आयुष्मा भट्ट रहेका छन्  ।

Top Post Ad

post bottom ads

Ads Bottom