Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

'प्रसाद २' को 'क्रान्ति' बोलको गीत सार्वजनिक- Brighter Khabar

वैशाख १८ गते । हलमा प्रदर्शन भइरहेको फिल्म 'प्रसाद २'को गीत सार्वजनिक भएको छ । 

ओएसआर डिजिटल युट्युब च्यानलमार्फत  'प्रसाद २' को  'क्रान्ति' बोलको गीत सार्वजनिक गरिएको हो । 

सुवास थापाको प्रस्तुति रहेको फिल्मको गीतमा राजनराज सिवाकोटीको शब्द, सङ्गीत र स्वर छ । राजेश श्रेष्ठको छायाङ्कन रहेको गीतमा विक्रम स्वारको कोरियोग्राफी छ ।

विपिन र केकीसँगै फिल्ममा अर्पण थापा, कमलमणि नेपाल, महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ । फिल्मको कथा सुशील पौडेलले तयार पार्नुभएको हो ।

सुदर्शन थापाले निर्देशन गर्नुभएको फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा छन् । 

Top Post Ad

post bottom ads

Ads Bottom