Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

किशोरीहरूलाई ज'ब'र'जस्ती यौ'न धन्दामा संलग्न गराएको आ'रो'प'मा गेष्ट हाउस संचालक प'क्रा'उ - Brighter Khabar

नाबालिका तथा किशोरीहरुलाई वेश्यावृत्ति गराएको आरोपमा पक्राउ परेकाहरू।


जेठ ५ गते । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले नाबालिका तथा किशोरीहरूलाई जबरजस्ती यौन क्रियाकलापमा  संलग्न गराएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

नाबालिका तथा किशोरीलाई वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा बिहीबार मकवानपुर बागमती गाउँपालिका–७ घर भई हाल बनेपा नगरपालिका–१० स्थित तेमाल गेष्ट हाउस एण्ड खाजा घरका सञ्चालक लालमान तितुङ र चौरीदेउराली गाउँपालिका लामाटोल घर भई हाल तेमाल गेष्ट खाजा घरमा काम गर्ने श्याम लामा पक्राउ परेको प्रहरीले जनाएको छ । 

बनेपा नगरपालिका–१० मा रहेको तेमाल गेष्ट हाउस एण्ड खाजा घरका सञ्चालकले १३ देखि १७ वर्ष उमेर समूहका पाँच जना नाबालिका तथा किशोरीलाई वेश्यावृत्ति गराउने गरेको गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पराउ परेका उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दा चलाइएको छ ।

वेश्यावृत्ति गराउने कार्यमा संलग्न होटल सञ्चालक लालमान तितुङ र होटलका कामदार श्याम लामालाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ बमोजिम मुद्दा चलाई शुक्रबार काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको खबर गोरखापत्रमा छ ।

उद्धार गरिएका नाबालिका तथा किशोरीहरूलाई संरक्षणका लागि माइती नेपालमा पठाइएको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom