काठमाडौं- त्रिभुवन विमानस्थलबाट केहीबेर अघि उडेको जहाज ४० माइल पर पुगेपछि विमानस्थलमै फर्किएको छ।
काठमाण्डौबाट भारतको बेङ्लाेरका लागि उडेको नेपाल एअरलाइन्सको जहाज काठमाडौं नै फर्किएको हो ।
जहाजमा १ सय ५४ जना यात्रु रहेका त्रिभुवन विमानस्थल एअर ट्राफिक कन्ट्रोल रुमले ब्राइटर खबरलाई जानकारी दिएको छ।
जहाजमा चरा ठोक्किएको आशङ्का गरिएको छ। थप विवरण आउन बाँकी छ ।