Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भारतीय नोटसहित दुई जना पक्राउ - Brighter Khabr


जेठ ७ गते । कपिलवस्तु प्रहरीले करिब पाँच लाख भारतीय नोटसहित दुई जनालाई पक्राउ गरेको छ। ट्याक्टरसँग ठोक्किएर मोटरसाइकलमा भाग्न खोजेका कपिलवस्तुको कृष्णनगर नगरपालिकाका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका -९ का  ३५ वर्षीय मनोज कुमार गुप्ता र पछाडि सवार कृष्णनगर नगरपालिका -३ का ४४ वर्षीय सोम नाथ चौहान रहेको प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले बताउनुभयो । उनीहरूलाई वडा प्रहरी कार्यालय तौलिहवाको टोलीले नियन्त्रणमा लिएको हो । 

तौलिहवाको बहादुरगञ्ज जाने चोकमा बहादुरगञ्जबाट तौलिहवातर्फ आउँदै गरेको लु ७६ प ८५७ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको लु २ त ५१२१ नम्बरको ट्याक्टर एक आपसमा ठोक्किएको थियो । 

यस्तै, बहादुरगञ्ज चोकस्थित एक बिर्यानी पसलमा खाएर मोटरसाइकलमा सवार भएपछि कसैले पछ्याएको लागेपछि दुवै जना आत्तिएका थिए । मोटरसाइकलमा सवार २ जना घाइते भएका छन् ।

दुवैले शङ्कास्पद गतिविधि देखाएपछि तत्कालै खान तलासी र चेकजाँच गर्नेक्रममा मोटरसाइकलको लेगगार्डमा पहेँलो प्लास्टिकभित्र भारतीय रुपियाँ बरामद भएको प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो । 

भारतीय रुपियाँ ५०० दरको १० गड्डी (९९९ थान ) नोट फेला परेको थियो । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको उक्त मोटरसाइकल तथा ट्याक्टर चालक प्रहरी नियन्त्रणमा छन् । 

बरामद भएको भारतीय नोटसहित दुवै जनालाई राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइने तयारी भएको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom