Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आ'गो निभाउने क्रममा ज'लेर पाँच जना ग'म्भीर घा'इते - Brighter

सांकेतिक तस्विर 

लागेको आगो निभाउने क्रममा जलेर पाँच जना गम्भीर घाइते भएका छन् ।

अर्घाखाँचीको  भूमिकास्थान नगरपालिका–२ तिरतिरे जङ्गलमा लागेको आगो स्थानीय बस्तीको पदम बेल्वासेको घरमा सल्किएपछि निभाउने क्रममा उहाँहरू गम्भीर घाइते भएका हुन् ।

घाइते पाँच जनालाई जिल्ला अस्पताल सन्धिखर्कमा प्राथमिक उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द रिजालले बताउनुभयो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र जनप्रतिनिधिको सक्रियतामा आगो नियन्त्रणमा लिएसँगै अन्य घर जोगाउन सफल भएको वडा नम्बर २ का वडाध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिनुभयो ।

आगलागीमा परी भूमिकास्थान–२ तिरतिरेका ५५ वर्षीय पदम बेल्वासे, ३६ वर्षीय माधव बेल्वासे, ५२ वर्षीय घनश्याम बेल्वासे, ७२ वर्षीय पीताम्बर बेल्वासे र २६ वर्षीया अस्मिता बेल्वासे घाइते भएका हुन् । आगोले पदम बेल्वासेको घर पनि जलेर नष्ट भएको प्रहरी प्रमुख रिजालले बताउनुभयो ।

घाइतेका शरीरका विभिन्न भाग जलेका प्रहरीले जनाएको छ ।  सन्धिखर्क नगरपालिकाको वडा नम्बर–४, वाङलामा रहेको मुस्लिम बस्तीमा आगलागी हुँदा आठ घरगोठ जलेर नष्ट भएका छन् । 

कम्तीमा चार भैँसी जलेका छन् । कुखुरा फर्ममा आगलागी हुँदा आठ सयभन्दा बढी कुखुरा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीले मुस्लिम बस्तीका खैरे मियाँ, रजिम मियाँ, काला मियाँ, सम्सु मियाँ, जमालदिन मियाँ, सफी मियाँ र समसेर मियाँका आठ घरगोठ जलेर नष्ट भएका छन् । 

Top Post Ad

post bottom ads

Ads Bottom