Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रकम रोकिएपछि एक सय छ बाढी पीडित परिवार बिचल्लीमा पर्दै - Brighter

फोटो : गोरखापत्र 

बाजुरा, जेठ ५ गते । बाजुरामा आवास कार्यक्रमको रकम रोकिएपछि एक सय छ परिवार बिचल्ली बन्ने भन्दै चिन्तित बनेका छन् । बाजुराको बाढीपहिरो पीडितहरूले आवास कार्यक्रम अन्तर्गतको रकम नपाएपछि चिन्तित बनेका हुन् । कार्यक्रम अन्तर्गत काेहीले पहिलो किस्ता बाफतकाे रकम पाएको काेहीले रकम नपाएको पाइएको हो ।

बाजुराको बूढीगङ्गा नगरपालिका –१ अम्कोटकी बाढीपहिरो पीडित कल्चु नेपालीले भन्नुभयो, “आवास कार्यक्रम अन्तर्गतको मलाई पहिलो किस्ता ७५ हजार दिएर घर निर्माण गर्नु त्यसपछि दोस्रो किस्ता रकम मिल्छ भन्यो । मैले पनि सोही भने अनुसार पहिलो किस्ता रकम ल्याएर घर लगाए । घर लगाएको एक वर्ष भयो अझै दोस्रो किस्ता रकम भने मिलेको छैन ।"  

कीर्ण खर्च गरेर त बनाए तर दोस्रो किस्ता रकम रोकिदिएपछि भने अब कसरी घरको पैसा तिर्ने भन्ने चिन्ता लाग्दै गएको उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७९/०८० स्थानीय प्रदेश तथा सङ्घीय सरकारले बाढीपहिरो पीडितको घर निर्माणका लागि झण्डै पाँच लाख रुपियाँ दिने र पहिलो किस्ता बराबर ७५ हजार भुक्तानी गर्ने गरी सम्झौता गराएको थियो । सम्झौता अनुसार उहाँले पहिलो किस्ता ७५ हजार लिएर घर निर्माण गर्नु भएको छ  । तर दोस्रो किस्ता रकम भने पाउनु भएको छैन ।

स्थानीय , प्रदेश र सङ्घीय सरकारले उहाँलाई घर निर्माण गरिसकेपछि चार लाख २५ हजार रकम दिने सम्झौता पत्रमा उल्लेख छ । उनीहरूले माथिबाट पैसा आइहाल्छ भनेर व्यापारीबाट सिमेन्ट, सरिया ,जस्तापाता सबै ल्याएर घर बनाए । घर त बनाए र कार्यक्रमले दिएको डिजाइन भन्दा फरक बनाए ।

गाउँमा एक दिन प्राविधिक आएर यसरी घर निर्माण गर्नु भनेर जानु भयो । हामीले सोही अनुसार घर निर्माण गरेका छौ । तर अहिले आएर यो घर भएन भनेर दोस्रो किस्ता रकम रोकिदिएको नेपालीले बताउनुभयो । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको डिजाइनमा घर निर्माण नभएकोले पैसा रोकिएको बूढीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शङ्कर नाथले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अम्कोटका बाढीपहिरो पीडित १०६ जना परिवार हुन् । घरबासका लागि एक परिवारले झण्डै पाँच लाख रुपियाँ पाउनु पर्ने हो । यो रकम १५ स्थानीय, २० प्रदेश र ६५ प्रतिशत सङ्घीय सरकारले दिनु पर्ने हो ।,, अम्कोटका झण्डै एक सय छ परिवार मध्य ८५ घरपरिवारले पहिलो किस्ता रकम पाएका छन् । पहिलो किस्ता रकम पाएका ८५ जना मध्ये १८ जनाले घर निर्माणको काम सुरु गरेपनि ती मध्यकै ६ जनाले मात्र घर निर्माण कार्य सम्पन्न गरेका छन् ।

निर्माण गरेका घर पनि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको डिजाइनभन्दा फरक छन् । स्थानीयले आफ्नै मनोमानीमा घर बनाउन थालेपछि दोस्रो किस्ता रकम रोकिएको नाथले बताउनुभयो । स्टिमेट अनुसारको घर निर्माण नभएपछि उनीहरूको लागि आउने दोस्रो किस्ता रकम रोकिएको जिल्ला विपत् व्यवस्थापन समिति बाजुराले जनाएको छ ।

जिल्ला विपत् व्यवस्थापन समिति संयोजक तथा जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले , “बाढीपहिरोबाट सबै भन्दाबढी प्रभावित भएका अम्कोटका स्थानीय नै हुन । अम्कोटमा नै पहिला घरबासको कार्यक्रम सुरु गरेको हो । 

स्टिमेट अनुसार घर निर्माण नगरेकोले उनीहरूको दोस्रो किस्ता रकम रोकिएको खबर गोरखापत्रमा छ ।

Top Post Ad

post bottom ads

Ads Bottom