Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नक्कली शरणार्थी प्रकरण सम्बन्धि मुद्दाको सुनुवाइ हुँदै - Brighter


नक्कली शरणार्थी प्रकरण सम्बन्धि  मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा हुँदैछ । 

आज (मङ्गलबार) काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुन लागेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दामा यही जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतमा आरोपितहरूको बयान लिन थालिएको हो ।

यही जेठ १० गते काठमाडौं जिल्ला अदालतमा दायर भएको ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र सङ्गठित अपराधको मुद्दा न्यायाधीश न्यौपानेको इजलासमा परेको हो ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १४५ जनाभन्दा बढीसँग २८ करोड ८४ लाख ठगी भएको थियो । सोही प्रकरणमा मिलेमतो गरी ठगी गरेको भन्दै प्रहरीमा जाहेरी परेपछि जिल्ला प्रहरी परिसर काठमाडौंको रायसहितको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध मुद्दा चलाउन राय दिएको थियो ।

सरकारी वकिल कार्यालय काठमाडौंले नेकपा (एमाले) नेता तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी, नेपाली कांग्रेस नेता बालकृष्ण खाण, पूर्व सभासद् आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत ३० जनालाई प्रतिवादी बनाएर मुद्दा  दायर गरेको थियो ।


Top Post Ad

post bottom ads

Ads Bottom