Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बसले कारलाई ठक्कर दिँदा २ जनाको घटना स्थलमै ज्यान गयो - Brighter

 

बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

धनगढीबाट पूर्वतर्फ जाँदै गरेको मे१ख ३३३५ नंको बसले काठमाडौँबाट कोहलपुरतर्फ आउँदै गरेको बा१३च ८२५३ नंको कारलाई ठक्कर दिएको हो ।

दुर्घटनामा परी  कार चालकसहित दुई जनाको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुर, बाँकेले जनाएको छ ।

दुर्घटनामा कार चालक गोरखा, आँपपिपलका सुवास अधिकारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ बस्ने करिब ५४ वर्षीया डा सञ्जु खाती खड्काको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिएअनुसार बसलाई नियन्त्रणमा लिएको छ । 

घटनाको अनुसन्धान भइरहेको बताइएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom