Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण- Brighter


 जेठ १७ गते । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण भएको छ । 

बुधबार राष्ट्रपति पौडेलले अघिल्लो सङ्घीय संसदबाट पारित  नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यलयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्  । 

सङ्घीय संसद्का दुवै सदनले पारित गरेको नागरिकता विधेयक वि.सं. २०७९ साउन १६ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो ।

विधेयकमा चित्त नबुझेको भन्दै तत्कालीन राष्ट्रपतिबाट आठ बुँदाको सरोकार उल्लेख गरेर संसद्लाई फिर्ता आएको थियो ।

दुवै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर पुनः भदौ २० गते राष्ट्रपतिसमक्ष पठाएको थियो । 

१५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि तत्कालीन अवस्थामा प्रमाणीकरण नभएको त्यही विधेयक नौ महिनापछि प्रमाणीकरण भएको हो

Top Post Ad

post bottom ads

Ads Bottom