Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा एक पुरुषको वेवारिसे शव फेला- Syangja Update


स्याङ्जाको आँधिखोला किनारमा वेवारिसे शव फेला परेको छ ।  
गल्याङ नगरपालिका वडा नम्बर ५ स्थित खटुडाको आँधिखोलामा बिहिबार दिउसो एक पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।

खोला किनारमा खैरो चेक सर्ट , निलो टिसर्ट साथै कालो रङ्गको जांगे लगाएका एक पुरुषको शव वेवारिसे अवस्थामा भेटिएको हो ।
शव भेटिएको तर को भनेर पहिचान नखुल्दा समस्या उत्पन्न भएको छ  । प्रहरीले उक्त पुरुष ६० / ६५ उमेर समुहको रहेको जनाउँदै सम्बन्धित परिवार एवम् आफन्तलाई सम्पर्कमा आउन समेत आग्रह गरेको छ ।

हुलिया अनुसार शंका लाग्ने जोकोहीले वडा प्रहरी कार्यालय वालिङमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom