Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जाको गलेम गाउँमा पहिलोपटक मोटरबाटो पुगेपछि स्थानीय हर्षित - Syangja Update


स्याङ्जा - पहिलो पटक बस पुग्दा स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं ४ गलेम गाउँका  स्थानीयहरुमा खुशियाली छाएको छ ।

स्याङ्जाका  सर्केटारी, आरुखर्क, गलेम, पञ्चासे ग्रामीण सडक अन्तर्गत आरुखर्क–गलेमको भीरखण्डमा ट्रयाक खुलेपछि गलेम गाउँमा पहिलोपटक बस पुगेको हो  ।  

गण्डकी प्रदेश सरकार, संसद बिकास कोष, सर्केटारी, गलेम, पन्चासे ग्रामीण सडक उपभोक्ता समिति तथा फेदीखोला गाउँपालिकाको सहकार्यमा करिब १ करोड ४५ लाख रुपैयाँको लागतमा कडा चट्टान पार गरी गाउँमा बाटो पुर्‍याइएको हो ।

यो सँगै  पैदल हिंडेर मोटर  बाटोसम्म पुग्न घण्टौ समय लाग्ने समस्या टरेको स्थानीय बताउछन् । 

गाउँमा पहिलोपटक बस पुगेपछी स्थानीयहरुले खुसीले स्वागत गरेका छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom