Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आजदेखि माध्यमिक तहको लागि अध्यापन अनुमतिपत्रको दरखास्त खुला - TSC License Form


 काठमाडौं - शिक्षक सेवा आयोगले माध्यमिक तहको लागि अध्यापन अनुमतिपत्रको दरखास्त खुलाएको छ ।
आयोगले शिक्षक सेवा आयोगको मिति २०८०/०१/२९ गतेको निर्णयानुसार शिक्षक सेवा आयोग नियमावली अनुसार अध्यापन अनुमति पत्रको विज्ञापन खुलाएको  हो ।
आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://license.tsc.gov.np/ मार्फत अनलाइन दरखास्त पेस गर्न सकिने आयोगले जनाएको छ । 
सूचना प्रकाशित गर्दै आयोगले भनेको छ : 

''शिक्षक सेवा आयोगको मिति २०८०/०१/२९ गतेको निर्णयानुसार शिक्षक सेवा आयोग नियमावली (संशोधन सहित), २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ग) वा नियम ९ को उपनियम (७) बमोजिम तोकिएको न्यूनतम योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिहरूबाट माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागि मिति २०८०/०१/३१ गतेदेखि आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://license.tsc.gov.np/ मार्फत अनलाइन दरखास्त पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जन / संशोधन तथा थपघट गर्न नसकिने व्यहोरा सूचित गरिन्छ । व्यक्तिगत विवरण र पेस गर्नुपर्ने कागजातहरू सुनिश्चित गरेर मात्र अनलाइन दरखास्त दिनुहुन तथा पछि फरक परेमा वा पर्न गएमा व्यक्ति स्वयं जवाफदेही र उत्तरदायी हुनुका साथै सो सम्बन्धमा आयोगबाट कुनै पनि कारवाही हुन नसक्ने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ । विज्ञापनको विस्तृत विवरण आयोगको वेवसाइट www.tsc.gov.np बाट प्राप्त गर्न र हेर्न सकिनेछ ।''


Top Post Ad

post bottom ads

Ads Bottom