Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

फर्निचर कारखानामा भीषण आग'लागी - Update

 
सांकेतिक तस्विर 

भक्तपुरको एक फर्निचर कारखानामा भीषण आगलागी भएको छ । 

हिजो साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित फर्निचर कारखानामा ७ बजेदेखि आगलागी सुरु भएको थियो । आगलागीको कारण र यसबाट भएको क्षतिबारे यकिन भइसकेको छैन । 

फर्निचर काराखानामा भएको आगलागीबाट सँगैको एक घरमा सामान्य क्षति पुगे पनि मानवीय क्षति कतै नभएको र कारखानासँगैको अर्को दुईवटा घरलाई क्षति हुनबाट जोगाएको प्रहरीले जनाएको छ । हावाहुरीसहित भइरहेको वर्षाका कारणले आगलागी नियन्त्रणमा ल्याउन झन् समस्या भएको थियो ।

पाँचवटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहितको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । 

Top Post Ad

post bottom ads

Ads Bottom