Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

१ हप्ता अगाडी मोटरसाइकल दुर्घटनामा परेकी अधिकारीको उपचारको क्रममा ज्यान गायो - B Khabar


जेठ २०,  एक हप्ता अगाडी सवारी दुर्घटनामा परि घाइते भएकी  एलिसा अधिकारीको उपचारका क्रममा आज  शनिवार मृत्यु भएको छ ।

झापा बुद्धशान्ति वडा नम्बर १ की  २१ वर्षीया एलिसा अधिकारी जेठ १२ गते बिहान ११ बजे बुद्धशान्ति गाउँपालिका –१ शान्ति चोकस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी थिइन् ।

प्रहरीका अनुसार उनको  उपचारको क्रममा बिर्तासिटि हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो । 

पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको मे ७ प ८१८१ नम्बरको मोटरसाइकल र विपरीत दिशाको मे १ प ९७६५ नम्बरको अर्को मोटरसाइकल एकापसमा ठोकिंदा दुर्घटना भएको थियो  ।

दुर्घटनापछि मे ७ प ८१८१ नम्बरको मोटरसाइकल चालक बुद्धशान्ति –१ का २५ वर्षीय दिपेश ढकाल र मे १ प ९७६५ नम्बरको मोटरसाइकल चालक इलाम रोङ गाउँपालिका –१ का ५८ वर्षीय धनबहादुर राई प्रहरीको नियन्त्रणमा छन् ।

उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom