Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अर्कैको नाममा परीक्षा दिने एकजना पक्राउ - B khabar

 

जेठ ३१ गते । अर्काको नाममा लोकसेवाको परीक्षा दिएको आरोपमा रुपन्देहीबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजबिराज –११ घर भई कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुको सहलेखापाल ३३ वर्षीय मनोजकुमार शर्मा सुतिहार र सोही ठाउँ घर भई जिल्ला हुलाक कार्यालय सप्तरीमा नायब सुब्बा ३० वर्षीय नारायण यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्यामु अर्यालले लोकसेवा आयोगले बुटवल केन्द्रमा खरिदार मधेसी पदका लागि २०७७ साल फागुन २९ गते प्रथम र २०७८ साउन ४ गते लिएको परीक्षामा मनोजकुमार शर्मा सुतिहारको नाममा नारायण यादवले परीक्षा दिएको पाइएपछि लिखितसम्बन्धी कसूर मुद्दामा दुवैजनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

अर्काको नामबाट परीक्षा दिएर र दिन लगाएर बेइमानी गरेकाले अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको डीएसपी अर्यालले बताउनुभयो । उनीहरुलाई अदालतबाट ७ दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान भइरहेको डीएसपी अर्यालले जानकारी दिनुभयो । 

Top Post Ad

post bottom ads

Ads Bottom