Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अन्तिम अभ्यास खेलमा नेपाल विजयी - B Khabar


आईसीसी विश्वकप एकदिवसीय छनोटको आफ्नो अन्तिम अभ्यास खेलमा नेपाल विजयी भएको छ । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा बिहीबार भएको खेलमा नेपालले ओमानलाई दुई विकेटले हराएको हो । 


पहिला ब्याटिङ गरेको ओमानले दिएको २६८ रनको लक्ष्य नेपालले ४४ दशमलव ५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको हो ।


नेपालका कुशल भुर्तेलले सर्वाधिक १०१ रनको योगदान दिनुभयो। भुर्तेलले ९४ बल खेल्दै १३ चौका र २ छक्काको मद्दतमा  १०१ रन बनाउनुभएको हो । 


यस्तै नेपालका लागि भीम सार्कीले ७४ बलमा ५६, कप्तान रोहितकुमार पौडेलले २८ बलमा ३१ र दीपेन्द्रसिंह ऐरीले २२ बलमा २६ रन जोडे, आसिफ शेखले २४ बलमा २३ रन बनाउनुभयो।  कुशल मल्ल १७ रनमा आउट हुनुभयो । 


ओमानका लागि अकिब ईलियासले ४ र फैयाज बटले दुई विकेट लिनुभयो । 


त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २६७ रन बनाएको थियो । ओमानका लागि कप्तान जिशान मकसुदले १०६ बलमा १०९ रनको शतकीय इनिङ खेल्नुभयो भने सोयब खानले ६८ बलमा ३८ रन बनाउनुभएको थियो । 


नेपालका लागि सोमपाल कामीले ५ विकेट लिनुभयो भने सन्दीप लामिछानेले ३ विकेट हात पार्नुभयो । करण केसी र प्रतिश जिसीले समान १÷१ विकेट लिनुभयो। 


एक दिवसीय विश्वकप छनोट खेल आगामी असार ३ गतेदेखि जिम्बावेमा सुरु हुँदैछ  । विश्वकप छनोटको पहिलो खेलमा नेपालले असार ३ गते घरेलु टोली जिम्बावेसँग खेल्दैछ । 

Top Post Ad

post bottom ads

Ads Bottom