Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

खनालको भाइरस आतङ्क सार्वजनिक हुँदै - B khabar

 


पोखरा, १ असार ।

कवि तथा लेखक गोपाल खनालको दोस्रो कृति भाइरस आतङ्ककविता सञ्चयन बजारमा बनाउन लागेको छ । तारकेश्वर गापा–१ दाङसिङ नुवाकोटमा जन्मेर पोखरालाई कर्मथलो बनाउँदै आएका खनालस्व. घननाथ खनाल र गङ्गादेवी खनालको कान्छा सुपुत्र हुन् । 

सर्जकको यसअघि ‘सम्झनाका लहरहरु’ गजल सञ्चयन (२०७८) कृति प्रकाशित भइसकेको छ भने उनका माध्यमिक नेपाली व्याकरण सिप, अभिव्यक्ति र अभ्यास (९–१२) २०७९आधारभूत नेपाली व्याकरण,सहलेखन (६–८) २०७८ प्रकाशित छन् । विभिन्न पुस्तक पत्रपत्रिकामा दर्जनौँ फुटकर लेख रचना प्रकाशित खनालकोयो समय (गजल सङ्ग्रह) साथमा मुक्तक, गीत र लघुकथा सङ्ग्रह प्रकाशोन्मुख छन् ।

बाराही साहित्य सदन(२०६४)अध्यक्ष—, नमुना साहित्य समूह(२०६७) का.सदस्य, गजल सन्ध्या पोखरा (२०६७) का.सदस्य,नुवाकोट पोखरा सम्पर्क समाज(२०६६)संस्थापक सह— सचिव, दर्पण साहित्य चौतारी (सदस्य), साहित्य सञ्जाल महासङ्घ(सदस्य)लगायतका संस्थाहरुमा संलग्न रहेका उनी शिक्षण र पत्रकारितामा सक्रिय छन् ।

स्वदेश प्रकाशन प्रा.लि.काठमाडौले सो कृति प्रकाशनमा ल्याउन लागेको सो कृतिमा ९९ कविता सङ्ग्रहित छन् । कृतिको आवरण कला कलाकार, प्राज्ञ रमेश श्रेष्ठको रहेको छ ।


Top Post Ad

post bottom ads

Ads Bottom