Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गए राति भएको जन्ति बस दुर्घटनमा ६ जनाको ज्यान गयो - B khabar


गोरखामा गए राति जन्ति बस दुर्घटनमा परेको छ ।

शहिद लखन गाउँपालिका-३ सिलिङ कोटगाउँबाट शहिद लखन गापा-५ पोखरी डाडाँ जन्ति फर्कने क्रममा सिलिङ र डाँडाबारीको बिचमा अमलडाँडा भन्ने ठाउँमा गाडी दुर्घटना भएको प्रहरीलाई प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भीरमा धेरै मानिसहरु हताहती भएको तर मृत्यु हुनेको संख्या भने एकिन भएको छैन ।

प्रहरीको पछिल्लो विवरण अनुसार ६ जनाको ज्यान गएको छ । २ जनाको सकुशल उद्दार गरिएको छ भने १२ जना घाइतेलाई उपचारको लागि तनहुँको खैरेनीमा पठाइएको छ । 

रातिको समय र पानी पनि परिरहेको हुनाले उद्दार कार्य कठिन भएको प्रहरीले जनाएको छ ।

अहिले जिल्लाबाट नेपाल प्रहरी, शसष्त्र पहरी र नेपाली सेनाको थप उद्दार टोली घटनास्थलतर्फ गएको छ । दुर्घटनाको यथार्थ कारण भने खुल्न सकेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।

Top Post Ad

post bottom ads

Ads Bottom