Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

लिभिङ टुगेदरमा बसेर चोरीको यस्तो धन्दा - B khabar

 

प्रहरीले चोरीका सामानसहित दुई जनालाई काठमाडौँबाट पक्राउ गरी अनुसन्धान थालेको छ । ललितपुरमा चोरी गरेका सामान काठमाडौँमा ल्याई लुकाएर राखिएको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा काठमाडौँको नक्साल घर भई रविभवनमा सोल्टी सिटी अपार्टमेन्टमा बस्ने सुबोध श्रेष्ठ र लैनचौर घर भई सोही ठाउँमा बस्ने रोशनी महर्जन रहेका छन् । 

उनीहरुको साथबाट ११ थान ल्यापटप, आइफोन, अन्य मोबाइलसहित घर फोर्न प्रयोग हुने रड, पिलास, पेचकससहितको ब्याग, चोरीमा प्रयोग भएका कपडालगायतका सामग्री बरामद गरिएको उहाँले बताउनुभयो ।

जेठ २९ गते ललितपुर जिलाको मानभवनमा ओमप्रकाश प्रधानले सञ्चालन गरेको ग्लोबल लिङ्क टेक्नोलोजी प्रालिको झ्यालको ग्रिल तोडफोड गरी काउन्टरमा रहेको रु एक लाख आठ हजार तथा कार्यकारी अधिकृतको कोठाबाट रु ३७ हजार तथा ल्यापटप चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा उक्त घटनामा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

उक्त अपार्टमेन्टको आठौँ तलामा रहेको कोठामा खानतलासी गर्ने क्रममा सामानसहित उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom