Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

टुकीमा पेट्रोल खन्याउने क्रममा आगो लाग्दा एक जना घाइते - B khabar


असार १३,   टुकीमा पेट्रोल  खन्याउने क्रममा आगलागी हुँदा सिमकोटमा एक जना युवक घाइते भएको खबर छ ।

हुम्लाको सिमकोटमा मिनरल वाटरको बोतलमा रहेको पेट्रोल टुकीमा खन्याउने क्रममा भान्साको आगोले टिपेर आगलागी हुँदा खार्पुनाथ गाउँपालिका–३ को राया गाउँका ३४ वर्षीया मेघनाथ टमटा घाइते भएका हुन् ।

घाइते  टमटालाई आजै  बिहान साढे तीन बजे जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको एक स्थानीयले जनाएका छन्  ।

Top Post Ad

post bottom ads

Ads Bottom