Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चालकले स्टार्ट गरेर छाडेको गाडी ब्याक भएर दुर्घटना हुँदा २ जनाको ज्यान गयो - B khabar


 कालिकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको भने एक जना गम्भीर घाइते भएका छन् ।

​कालिकोटको रास्कोट नगरपालिका-२ सेरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

घटनामा परी रास्कोट-१ का वर्ष ४३ का मनबहादुर साही र उहाँको श्रीमती मन कुमारी शाहीको मृत्यु भएको छ । प्रहरीका अनुसार गाडी सात सय मिटर तल खोलामा खसेको छ ।

स्थानीयका अनुसार चालकले गाडी स्टार्ट गरेर जुत्ता लगाउन गएका बेला गाडी ब्याक सरेर खोलामा गएको हो ।

घाइते महिलाको अवस्था चिन्ताजनक रहेको छ । घाइतेलाई उपचारका लागि रास्कोट अस्पताल लगिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom