Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरू सरकारी वकिलको कार्यालयमा - B Khabar


असार १३ गते। ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौं लगिएको छ। 

बुधबार नेपाल प्रहरीले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौं लगेको हो।

व्यवसायी मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला सरकारी वकिल कार्यालयमा पुर्‍याएको हो। 

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात किर्ते गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ। 

सरकारी लिखित किर्तेको विषय भएकाले कानुनी प्रक्रिया अरू मुद्दा सरह नै चल्ने सरकारी वकिल कार्यालयले जानकारी दियो ।  अनुसन्धानको क्रममा कसुरदार देखिएमा उनिहरुलाई  हिरासतमा राखिनेछ ।

अनुसन्धानको सिलसिलामा भाटभटेनी डिपार्टमेण्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालयका तत्कालीन कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतम सिआईबीको हिरासतमा छन्।

Top Post Ad

post bottom ads

Ads Bottom