दिउँसो सिटी स्क्यान लगायत सबै चेकजाँच गरिसके पछि लगभग नौ बजे तिर निजी हस्पिटलको डक्टरले बाबुलाई एपेनडिक्स भएको छ ।अप्रेसन गर्नु पर्यो भने यहाँ हुँदैन गण्डकी लानुस् म पनि त्यहीँ हुन्छु भन्नू भयो । हामीले त्यहीँ लग्यौ ।
हामीले साढे नौ बजे लगेर बल्ल बल्ल इमरजेन्सीमा एउटा बेड पाइयो ।इमरजेन्सीमा यति भिड थियो कि सुरक्षा कर्मीले कसैलाई सभ्य भाषा त कसैलाई अलि कडा भाषामा एक जना बिरामीको लागि एक जना मात्र कुरुवा बसिदिनुस् भनेर बाहिर पटाउँदै थिए । हुन पनि एक जना बिरामी बराबर पाँच सात जना मान्छे कुरुवा हुनुहुँदो रहेछ।यो राम्रो पक्ष होइन । हामी पनि सात जना थियौ हामी एक जनालाई मात्र बिरामी सँग छोडेर अरू बाहिरै थियौ ।
त्यति बेला लगभग साढे दस जति बजेको थियो ।काउन्टरमा बुझ्दा डक्टर आएर रिपोट हेरेर वाडमा लाने हो भन्नू भयो ।लगभग एक बजे डक्टर आउनु भयो सबै रिपोट हेरेर साढे एक बजे तिर सर्किजल वाडमा लग्यौ ।
त्यहाँ बिरामी र बिरामीका कुरुवा खचाखच थिए ।क्याबिन बन्दै रहेछ ।कमन बेड पनि एउटा दुइटा मात्र खालि थिए।
उक्त वाडमा दुई वटा कोठा रहेछन् ।एउटा रुममा बार बेड रहेछन् ।तर बिरामीका कुरुवालाई बस्ने एउटा कुर्ची समेत रहेनछ। सुत्ने खाट हुने त कुरै भएन ।कुरुवाहरू सबै कोही भुईँमा लडेका थिए कोही बिरामी कै बेडमा एका तिर बिरामीको टाउको एका तिर कुरुवाको खुट्टा गरी निदाई रहेका थिए ।
साना साना झ्याल तेहि माथि फुटेका सिसा एकाध झ्यालमा जाली थिए तर सबै च्यातिएका थिए ।नच्यात्तिएकामा पनि बर्षौ देखि सफा नगरेर धुलोले ढम्मै थियो ।
पङ्खा त थिए तर त्यो कोठा यति गर्मी थियो।सायद मान्छे बढी भएर होला ।मौरी को घारमा बरु मौरी कम होला तर लामखुट्टे त्यति थिए ।मेरो आँखाले प्रत्यक्ष उडुस नदेखे पनि कुरुवाहरू उडुस उडुस भन्दै चिच्याउँदै थिए। उक्त कोठामा ट्वाइलेट समेत रहेनछ। कुरुवाहरू ट्वाइलेट कहाँ छ भन्दै भौतारिदै थिए ।
चारै तिरका भित्ताहरू भत्किएका थिए ।सिपेच भएर रङहरू पुरै फोका फोका बनेका थिए । कोरिडोरको मार्बल नपुछेर मार्बल हो कि माटोको बाटो हो छुटाउन गारो हुन्थ्यो । तातो र चिसो पानी आउने मट्का धुलै धुलो थियो ।त्यसमा घोप्टाईकन जार लेउ लागेको थियो ।त्यो देखेर लाग्थ्यो जुग जुग त्यहाँ सर-सफाइ भएको छैन ।कुरुवाले खाना खाने ठाउँमा बर्षौ पुराना फर्निचर मिल्काइएको थियो । त्यस्ता नचाहिने सामान ठाउँ ओगटेर किन राखिएको होला ? त्यसमा लामखुट्टेको खानि नै थियो ।क्यान्टिन र क्यान्टिनको ट्वाइलेटको त कुरै नगरौँ ।दुई वटा मात्र ट्वाइलेट रहेछ एउटामा साँचो लगाएको अर्को ट्वाकलेको भित्र हस्पिटलबाट निस्केको फोहोर थुपारेको । साथ साथै कुना काप्चा ,चउर , हिँड्ने बाटोमा फालिने फोहोरको बखान नगरौँ ।
तस्तो वातावरणमा पनि सेवा दिने नर्स र डक्टरलाई म सलाम गर्छु ।
तेहि हस्पिटलका मे.सु .निर्देशक विभागीय प्रमुख जो पाँच मिनेट पनि अफिसमा बस्नु हुन्न उहाँहरू कै रुममा एसी छ ,कार्पेट छ ,एटेज छ , झ्यालमा जाली छ ,सफा सुग्घर छ नखाए पनि जग भरि मिनिरल वाटर छ ।तर मृत्युको काखमा छटपटाई रहेका बिरामी र आसै आसमा बसिरहेका कुरुवाको हालत त्यस्तो छ ।हस्पिटल प्रशासनको ध्यान जाओस्।
त्यहाँ कार्यरत मे.सु .निर्देशक लगायत प्रत्येक डक्टरको आफ्नो निजी क्लिनिक छ । निजी हस्पिटल छ। करोड भन्दा माथिका गाडी चढ्नु हुन्छ आलिसान महल छन् र त तपाईंहरुलाई यस आराम पुगिरहेको छैन भने त्यस्तो वाडमा तै माथि बिरामीहरू कसरी बसे होलान् ? किन तपाईँहरू गण्डकीको स्तर उन्नति गर्ने कुरामा पछि हट्नु हुन्छ ? कि त्यो राम्रो भयो भने आफ्नो हस्पिटलमा मान्छे आउदैनन भनेर हो ?
(तपाईँहरूको निजी सम्पत्ति माथि अन्यथा मानेर भनेको चाहिँ हैन है ।प्रसङ्गमा परेर मात्र ल्याइएको हो अन्य अर्थ लागे क्षमा चाहन्छु)
पोखराका वरिष्ठ डक्टर शाव हरूलाई मेरो अनुरोध तपाईँहरूले डिग्री जहाँ बाट हासिल गरे पनि डक्टर भनेर चिनाएको र अहिलेको यो अवस्थामा पुर्याइएको यही गण्डकीले नै हो ।गण्डकी तपाईँहरूको माता पिता समान छ ।यसको गुन कहिले नबिर्सनु होला ।
पोखरामा यतिका लायन्स ,लियो रोटरी ,ईनर बेहिल ,जेसिस, रेयुकाई ,रेडक्रस, स्थानीय क्लब, आमा समूह टोल विकास लगायत कति सङ्घ संस्था छन् तर हस्पिटल सँग सम्बन्धित कार्यक्रम कमैले गरेको देख्छु ।
लायन्स क्लबहरूले हेल्थ सम्बन्धी निकै कार्यक्रम गर्छ ।यसै कार्यक्रम अन्तर्गत सके क्लबले, नसके जोनले ,जोनले नसके रिजनले, रिजनले पनि नसके डिस्ट्रिक्ट नै वार्षिक कार्यक्रम अनुरूप यसरी ओझेलमा परेका वाडलाई एडप्ट गरेर रङ्ग रोगन ,सर सफाई ,कुरुवालाई विश्राम गर्ने कुर्ची ,खाट ,खाने पानी व्यवस्थापन गर्ने जस्ता कार्यक्रम गर्न म लायन्स लिडर ज्युहरूलाई अनुरोध गर्दछु ।
मिडियाहरूले पनि बेला बेलामा गएर मे.सु सँग सार्वजनिक सुनाई गर्ने गरे कसो होला ?
सबै भन्दा बढी उत्तरदायी त झन् हस्पिटल ब्यस्थापन समिति र वडा हो।ब्यस्थापन समिति र वडा किन यस्तो दयनीय हुँदा पनि चुप लागेर बस्छ ?
अन्तमा गण्डकी हस्पिटल पोखरा को मात्र नभएर चार नम्बर प्रदेश कै गहना हो । यसलाई जोगाई राख्नु तपाईँ हामी सबैको दायित्व हो ।जय गण्डकी हस्पिटल ।
चन्द्र विक्रम अधिकारीको फेसबुक वालबाट जस्ताको त्यस्तै !