Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आज तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदै


असार १३, आसार शुक्ल एकादशीका दिन आज घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदैछ । हिन्दू धर्मावलम्बीहरुका लागि महत्वपूर्ण दिनका रुपमा लिइने यो दिन निराहार व्रत बसी भगवान् श्रीविष्णु र तुलसीको पूजा अर्चना गरेमा मनोकामना पूरा हुने जनविश्वास छ ।


वैदिक शास्त्रहरूमा यस एकादशीलाई एउटा महत्वपूर्ण एकादशीका रूपमा व्याख्या गरिएको छ । निर्जला एकादशीको दिन छरेको तुलसीको बीऊलाई आज रोपेर पूजा गरिन्छ । आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने र चार महिनापछि हरिबोधनी एकादशीमा जाग्ने विश्वास छ । तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ ।


तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रूपमा समेत उपयोग गरिन्छ । आजको एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।


आज बिहानदेखि नै काठमाडौँको बूढानीलकण्ठस्थित नारायणस्थान, उपत्यकाका चार नारायण मन्दिरलगायत मुलुकभर रहेका विष्णु मन्दिरमा पनि पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनको भीड लागेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom