Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आईसीसी विश्वकप क्रिकेटमा आज नेपालले वेस्ट इन्डिजसँग पहिलोपटक प्रतिस्पर्धा गर्दै



काठमाडौं- जिम्बाबेमा जारी आईसीसी विश्वकप क्रिकेट छनोट अन्तरगत तेस्रो खेलमा आज नेपालले वेस्टइन्डिज सँग प्रतिस्पर्धा गर्दैछ । राजधानी हरारेस्थित टाकासिंगा स्पोर्टस् क्लबमा खेल नेपाली समयअनुसार पौने एक बजे सुरु हुनेछ ।


एक दिवसीय विश्वकपको पुर्व विजेता समेत रहेको वेष्ट इन्डिजसँग नेपालले पहिलो पटक खेल्दैछ । नेपालको सुपर सिक्समा पुग्ने सम्भावना भने रहेको छ । वेस्टइन्डिज एक दिवसीय विश्वकपको पहिलो तथा दोस्रो संस्करणको विजेता हो ।


नेपाल भने पहिलो पटक औपचारिक रुपमा विश्वकप छनौट खेल्दैछ । नेपाल २ अंकका साथ समूह ए को तेस्रो स्थानमा छ भने वेष्ट इन्जिड दोस्रो स्थानमा रहेको छ । यसअघि नेपाल घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।


समूह चरणको अन्तिम खेल नेपालले पर्सि नेदरल्यान्डसँग खेल्नेछ । दश राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछन् ।

Top Post Ad

post bottom ads

Ads Bottom