Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आज बिहानै भएको जिप दुर्घटनामा १० जना घाइते , केहिको अवस्था गम्भीर


 रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ मा आज बिहान जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । मुसिकोट नगरपालिका-१ त्रिवेणी चोकदेखि वडा नम्बर ५ थर्पुमा रहेको डिग्रे साईकुमारी मन्दिरको दर्शन गर्न जाँदै गरेको जिप दुर्घटना भएको हो ।


दुर्घटनामा परी घाइते हुनेमध्ये एकजनाको अवस्था गम्भिर रहेको बताइएको छ । जिपमा १२ जना सवार रहेकोमा अन्य दुई जना सकुशल रहेका छन् । जिप स्टार्ट गर्ने क्रममा ब्रेकले काम नगर्दा पछाडी सरेर सडकबाट तल करिब ६ मिटर तल खसेको प्रहरीले बताएको छ । घाइतेहरू सबैको अहिले जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom