Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

विषालु च्याउ खाएर श्रीमतीको ज्यान गयो, श्रीमान गम्भीर बिरामी - ब्राइटर खबर



असार १५ गते । ओखलढुङ्गामा विषालु च्याउ खादा एक जनाको ज्यान गएको छ । विषालु च्याउ खाँदा चिशंखुगढी गाउँपालिका –७ डाँडा गाउँकी २४ वर्षीया कल्पना शर्माको ज्यान गएको हो । 

विषालु च्याउ खादा शर्माका श्रीमान् परशुराम खतिवडा गम्भीर बिरामी परेका छन्  । 

एक साता अघि घर नजिकै उम्रिएको च्याउ खाए पछि खतिवडा दम्पती गम्भीर बिरामी परेका थिए । 

उपचारका लागि महाराजगञ्जको शिक्षण अस्पतालमा लगिएकोमा शर्माको बिहीबार ज्यान गएको हो। 

खतिवडाको अवस्था गम्भीर रहेको र उनको उपचार भइरहेको छ। 

Top Post Ad

post bottom ads

Ads Bottom