Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पर्यटक बोकेको सवारी दुर्घटना , ३ घाइते

 

रानीमहल नजिकै भारतीय पर्यटक बोकेको सवारी दुर्घटना भएको छ । 

भारतको गोरखपुरबाट रानीमहल घुम्नका लागि पर्यटक बोकेर आएको सवारी रानीमहल नजिकै दुर्घटना भएको हो ।

तानसेन रानीमहल सडक खण्ड अन्तरगत रानीमहल नजिकै युपी ५५ वाइ ३३०१ नम्बरको सवारी सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिनुभयो ।

मल्लका अनुसार उक्त सवारीमा चार जना सवार थिए । जसमध्ये तीन जना घाइते भएका छन् । 

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रमुख म प्रहरीले जनाएको छ । 

घाइतेलाई उपचारका लागि तानसेन पठाइएको छ भने दुर्घटना बारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom