Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध - ब्राइटर खबर

 

चितवन- पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । हिजो दिउँसोदेखि बन्द रहेको उक्त सडक अझै खुल्न सकेको छैन । आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन ।


चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउसोदेखि सडक बन्द भएको हो । त्यसपछि सुक्खा पहिरो खसे क्रम जारी छ । पन्छाउने तयारी गरिए पनि पहिरो खस्ने क्रम जारी रहेकाले बाधा पुगेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो । उहाँले पहिरो झरेर पहाड बनेको र पन्छाउन छ-सात घन्टा लाग्ने बताउनुभयो ।


“दिनभर पहिरो पन्छाएर पनि सडक सञ्चालन गर्न सक्ने अवस्था छैन”, तामाङले भन्नुभयो । पहिरो झर्ने क्रम नरोकिएपछि बिहीबार राति पन्छाउने काम हुनसकेको थिएन । पहिरो पन्छाउनका लागि डोजर तयारी अवस्थामा राखिएको छ । सडकमा गाडीको लामो लाइन लागेको छ । सयौँ यात्रु समस्यामा छन् ।


काठमाडौँबाट भरतपुरतर्फ आएका सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् भने नारायणगढबाट काठमाडौँ, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबिरे क्षेत्रमा रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom