Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पर्खाल नाघेर दुई जना कैदी फरार - Brighter khabar


लमजुङ  , १८ जेठ ।  जिल्ला कारागार लमजुङबाट दुई जना कैदी फरार भएका छन् । 

सदरमुकाम बेसीशहरस्थित जिल्ला कारागारबाट रातको समयमा उत्तर पश्चिम तर्फको पर्खाल नाघेर दुई जना कैदी फरार खबर छ ।

भाग्ने कैदीमा गोरखा चुमनुब्री गापा– ३ का चन्द्र बहादुर गुरुङ र मध्यनेपाल नपा–४ लमजुङका विनोद विक रहेको कारागार प्रमुख कमलपति अधिकारीले बताए । 

उनिहरु राती करिव २ वजे प्रहरी सिफ्ट परिवर्तन हुने समयमा भागेका हुन् ।

विक जबर्जस्ती करणी र डाँका चोरी मुद्धामा र गुरुङ ठगी मुद्धामा कारागार चलान भएको खबर छ । 

प्रहरीले  उनिहरुको खोजीकार्य तीव्र पारेको जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom