Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चिकित्सकको लाइसेन्सको परीक्षा दिएका बढी जसो अनुत्तीर्ण - Brighter KHabar


काठमाडौं- चिकित्सक नाम दर्ता परीक्षा (लाइसेन्स)को परीक्षामा ६१.६१ प्रतिशत चिकित्सक फेल भएका छन् ।

एमबिबिएसका  कुल १ हजार ३९२ जनाले फारम भरेकोमा १ हजार ३७८ जना परीक्षार्थी  परीक्षामा सहभागी हुँदा  ५५८ जना (४०.४९ प्रतिशत) मात्रै उत्तीर्ण भएका छन् ।

त्यस्तै  बीडीएस तर्फ कुल ३३४ जनाले फारम भरेको भए पनि  ३३१ जना मात्रै परीक्षामा  हुँदा  ९८ जना अर्थात्  २९.६१ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका छन् । 

परीक्षामा एमबिबिएस र बीडीएस गरी १ हजार ७२६ जना फारम भरेकोमा  १७ जना परीक्षार्थी  परीक्षामा अनुपस्थित भएको मेडिकल काउन्सिलले जनाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom