Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बालिका बलात्कार मुद्दामा पक्राउ परेका चार जनालाई १८ वर्षको कैद - Brighter Khabar


बालिका बलात्कार मुद्दामा पक्राउ परेका चार जनालाई १८ वर्षको कैद फैसला भएको छ । ओखलढुङ्गा जिल्ला अदालतले एक १२ वर्षीया बालिकालाई बलात्कार गर्ने चार जनालाई १८ वर्षको कैद फैसला गरेको हो ।

जिल्ला न्यायाधीश टीकाराम आचार्यको इजलासले सिद्धिचरण नगरपालिका–३ का ८० वर्षीय फडिन्द्रप्रसाद दाहाल, सोही वडाका ३० वर्षीय डम्बरबहादुर भुल, ३७ वर्षीय केबल भुजेल र सिद्धिचरण नगरपालिका–२ का नारायणस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक ४४ वर्षीय पूर्णप्रसाद फुयाललाई १८ वर्षको कैद फैसला गरेको हो । 

फुयाललाई एक लाख ५० हजार क्षतिपूर्ति र अन्य तीन जनालाई ५० हजारका दरले क्षतिपूर्ति तोकिएको ओखलढुङ्गा जिल्ला अदालतका श्रेस्तेदार नवीन खनालले जानकारी दिनुभयो । 

२०७९ जेठ ३० गते बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उनीहरुविरुद्ध जाहेरी दिएका थिए । जाहेरीका आधारमा चारै जनालाई पक्राउ गरेर प्रहरीले गत २०७९ असार २३ गते बलात्कार आरोपमा मुद्दा चलाएको थियो । 

पीडक चार जनाले फरकफरक समय र स्थानमा बालिकालाई बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । डम्बरबहादुर भुजेलले २०७९ जेठ १६ गते, केबल भुजेलले वैशाख २७ गते, फडिन्द्र प्रसाद दाहालले जेठ ६ गते र पूर्णप्रसाद फुयालले जेठ २८ गते बालिकालाई जबरजस्ती गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

अभियुक्तमध्येका ८० वर्षीय दाहालले ज्येष्ठ नागरिक ऐनअनुसार सजाय छुट माग गरेको भए पनि अन्य अभियुक्त सरह कैद सजाय तोकिएको छ। 

Top Post Ad

post bottom ads

Ads Bottom